काठमाडौं - कामना सेवा विकास बैंकले ५ वर्षभन्दा पुरानो नगद लाभांश रकम बुझिलिन सेयरधनीहरुलाई आग्रह गरेको छ ।
बैंकको २०७६ पुस १७ गते सम्पन्न १३ औँ वार्षिक साधारण सभाबाट पारित आर्थिक वर्ष २०७५।७६को नगद लाभांश कतिपय सेयरधनीहरूले हालसम्म पनि बुझिलिन बाँकी रहेको बैंकले जनाएको छ।
उक्त आर्थिक वर्षका लागि बैंकले सेयरधनीहरुलाई ६.८ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको थियो। उक्त नगद लाभांश सूचना प्रकाशित भएको मितिले १ महिनाभित्र बुझिलिन बैंकले सेयरधनीहरुलाई आग्रह गरेको छ। यसका लागि शेयर रजिस्ट्रार प्रभु क्यापिटलको काठमाडौंको कमलादीस्थित कार्यालयमा सम्पर्क गर्नुपर्ने बैंकले जनाएको छ।
तोकिएको अवधिभित्र बुझिलिन नआउने सेयरधनीको नगद लाभांश कम्पनी ऐनमा भएको व्यवस्थाबमोजिम लगानीकर्ता संरक्षण कोषमा जम्मा गरिने बैंकले स्पष्ट पारेको छ।
प्रतिक्रिया