काठमाडौं - नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको ७६ औँ वार्षिक साधारण सभा आज बस्दैछ । कम्पनीको साधारण सभा काठमाडौंको नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा बिहान ११ बजेदेखि सुरु हुनेछ।
सभाले हाल कायम चुक्ता पुँजीको १५ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.७९ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पारित गर्नेछ। सभाले आर्थिक वर्ष २०८०\८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०८०\८१ को लेखापरीक्षकको प्रतिवेदन सहितको वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण तथा सो सँग सम्बन्धित अनुसूचीहरू छलफल गरी पारित गर्नेछ ।
त्यसैगरी गत आर्थिक वर्षको वित्तीय विवरणहरू पारित गरी चालू आवको लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने र संस्थागत सामािजक उत्तरदायित्व अन्तर्गत भएका खर्चको अनुमोदन गर्ने प्रस्ताव पनि सभाका लागि तय गरिएका छन्।
प्रतिक्रिया