काठमाडौं - गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले हकप्रद सेयर पनि जारी गर्ने भएको छ।
कम्पनीको चैत १८ गते बसेको सञ्चालक समितिको बैठकले १ः१ अनुपात अर्थात् १०० प्रतिशतका दरले हकप्रद निष्कासन गर्ने निर्णय गरेको हो। उक्त निर्णय पारितका लागि वैशाख ५ गते विशेष साधारण सभा बोलाउने निर्णय पनि बैठकले गरेको छ।
सभा प्रयाजनार्थ चैत २८ गतेका दिन बुक क्लोज गरिने कम्पनी सचिव राम प्रसाद पौडेलले जानकारी दिएका छन्। कम्पनीले विशेष साधारण सभाको सूचना भोलि चैत २० गते प्रकाशन गर्ने जानकारी दिएको छ।
प्रतिक्रिया