प्रि ओपन सेसनमा नेप्से सूचक घट्यो

मंगलबार, १९ चैत्र २०८१, ११ : ०१

काठमाडौं - साताको तेस्रो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से सूचक १.५२ अंकले घटेको छ । 

यससँगै सूचक २६९१.५९ विन्दुमा आएको छ । मंगलबार  ११ लाख ३६ रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ४३ कम्पनीको १२ सय ४७ कित्ता सेयर कारोबार भएको छ । 

यो सेसनमा कुल ५४ वटा कारोबार भएको हो । १७ कम्पनीको मूल्य बढ्दा २५ वटाको भाउ घटेको छ । बाँकी कम्पनीको मूल्यमा भने कुनै पनि उतारचढाव भएको छैन । 
 

मंगलबार, १९ चैत्र २०८१, ११ : ०१

प्रतिक्रिया