काठमाडौं - चिरख्वा हाइड्रोपावर लिमिटेडले वार्षिक साधारण सभा भोलि चैत २० गते बस्दैछ । कम्पनीको साधारण सभा काठमाडौंको जोरपाटीस्थित कुन्डलिनी रोयल्समा बिहान ९ बजे सुरु हुनेछ ।
सभाले आर्थिक वर्ष २०७०\८१ को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल गर्नेछ । आर्थिक वर्ष २०८१\८२ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्नेछ ।
त्यस्तै, संस्थापक सेयरधनी समूहको प्रतिनिधित्व गर्ने ५ जना सञ्चालको निर्वाचन हुनेछ । कम्पनीले लाभांश सम्बन्धी कुनै प्रस्ताव गरेको छैन । सभा प्रयोजनका लागि कम्पनीले चैत १२ गते बुक क्लोज गरिसकेको छ ।
प्रतिक्रिया