काठमाडौं - चलचित्र ‘कर्मा’को ‘‘पागल’ बोलको प्रेमिल गीत सार्वजनिक गरिएको छ । गीतमा गायक सुशान्त केसीको स्वर, शब्द तथा संगीत छ ।
नयाँ वर्ष २०८२ को छेको पारेर चलचित्र ‘कर्मा’ आगामी चैत २९ गते रिलिज हुँदै छ । नेपाल र विदेशमा यो चलचित्र एकसाथ रिलिज हुन लागेको हो । चलचित्र रमा विपिन र उपासनासँगै मुकुन भुसाल, दिब्यदेब, सरिता गिरी, बेन बस्नेत, सुज्यान सिलवाल, अनिल बुढाथोकी, निर्मल शर्मालगायतको अभिनय छ ।
एक्सन जनरामा निर्माण भएको ‘कर्मा’ ड्रामा, सस्पेन्स पनि समेटिएको छ । ‘कर्मा’ले अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार सेभेन सिज सिनेमाले लिएको छ । चलचित्रमा भाष्कर स्वाँरको संगीत, कविराज गहतराजको कोरियोग्राफी, श्री श्रेष्ठको द्वन्द्व र निमेष श्रेष्ठको सम्पादन छ ।
आर्टिस्टिक इनटरटेनमेन्टको प्रस्तुति रहने ‘कर्मा’ मा वसन्त लम्सालको लगानी छ । चलचित्र सौरभ चौधरीले निर्देशन गरेका हुन् ।
प्रतिक्रिया