नेप्सेमा १५.५७ अंकको गिरावट, यी कम्पनीको भयो सर्वाधिक कारोबार

मंगलबार, १९ चैत्र २०८१, १५ : १५

काठमाडौं - साताको तेस्रो कारोबार दिन नेप्से १५.५७ अंकले घटेर २६७७.५५ विन्दुमा कायम भएको हो ।

यस दिन नेप्सेमा कारोबार भएको ३२० कम्पनीको १ करोड ६ लाख ७० हजार कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ७९ करोड ७७ लाख रुपैयाँको कारोबार भएको छ ।आज बजारमा गिरावट आउँदा १२ उपसूचक राताम्य भएका छन् ।

Screenshot_3

Capture

यस दिन सबैभन्दा बढी  हिमालयन रि इन्स्योरेन्सको सेयर सर्वाधिक कारोबार भएको छ । आज कम्पनीको  ६४ करोड २५ लाख  रुपैयाँ बराबरको कारोबार भएको छ । कारोबार रकमको आधारमा दोस्रो स्थानमा रहेको एनआरएन इन्फ्रास्टक्चरको ४५ करोड ६० लाख रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ ।

त्यस्तै, यस दिन सीईडीबि होल्डिङ्सको २७ करोड ७३ लाख रुपैयाँ, नेपाल रि इन्स्योरेन्सको २६ करोड ६६ लाख रुपैयाँको कारोबार भएको हो ।

Capture

मंगलबार, १९ चैत्र २०८१, १५ : १५

प्रतिक्रिया