काठमाडौं - सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले नगद लाभांश वितरण गर्न सुरु गरेको छ।
कम्पनीले गत चैत ८ गतेको आठौं वार्षिक साधारण सभाले पारित गरेको ८ प्रतिशत नगद लाभांश सम्बन्धित सेयरधनीको बैंक खातामा पठाइएको हो । कम्पनीले साधारण सभा प्रयोजनार्थ फागुन २६ गते बुक क्लोज गरेकोले फागुन २५ गतेसम्म कायम सेयरधनीहरूले मात्र लाभांश प्राप्त गरेका छन्।
साथै सो अवधिसम्म शेयर धितो राखेर कर्जा लिएका शेयरधनीले कर्जा लिएको बैंक तथा वित्तीय संस्थाबाट एनओसी वा फुकुवा पत्र पेश गरेपछि नगद लाभांश बैंक खातामा पठाइने जनाएको छ।
कम्पनीको शेयर रजिष्ट्रारमा सानिमा क्यापिटल लिमिटेड रहेको छ।
प्रतिक्रिया