काठमाडौं - छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले १ लाख ९७ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ।
कम्पनीले संस्थापक सेयरधनी विवेक अग्रवालको नाममा रहेको उक्त संस्थापक सेयर कम्पनीकै विद्यमान संस्थापक सेयरधनीहरूले मात्र खरिद गर्न पाउने गरी बिक्रीमा राखेको हो। उक्त सेयरको प्रतिकित्ता न्यूनतम मूल्य ४०० रुपैयाँ तोकिएको छ। शेयर खरिद गर्न इच्छुक सेयरधनीहरूले बिक्रेतासँग समन्वय गरी ३५ दिन भित्र निवेदन दिनु पर्नेछ।
निवेदन काठमाडौंको मध्यबानेश्वरस्थित कम्पनीको केन्द्रीय कार्यालयमा पेश गर्नु पर्नेछ। साथै तोकिएको म्याद भित्र संस्थापक सेयरधनीबाट निवेदन प्राप्त नभएमा सो सेयर सर्वसाधारणलाई बिक्री गरिने कम्पनीले जनाएको छ।
प्रतिक्रिया