भीमार्जुन आचार्य भन्छन्- मानवअधिकार आयोगको औचित्य रहेन

बुधबार, २० चैत्र २०८१, ११ : ४८

काठमाडौं- संविधानविद् भीमार्जुन आचार्यले मानवअधिकार आयोगको भूमिकामाथि प्रश्न उठाएका छन् । उनले तीनकुने घटनामा राज्य पक्षबाट मारिएका निहत्था नागरिकको विषयमा मौन देखिएपछि मानअधिकार आयोगको भूमिकामाथि प्रश्न उठाएका हुन् ।

‘राजावादी भन्दा भिन्न बन्ने होडमा निहत्था नागरिक सविन, सुरेश र आन्दोलन मै सहभागी नभएका दुई दाजु बहिनी दिनेश र रेबिका माथिको राज्य आतंकमा यस पटक हामी मिडिया, नागरिक समाज र “जीउँदा मान्छे” भन्ने सबै नराम्रोसँग चुक्यौँ।’।उनले सामाजिक सञ्जालमा लेखेका छन् ‘राष्ट्रिय मानव अधिकार आयोग त अब रहनु नरहनुको कुनै अर्थ र औचित्य बाँकी रहेन। एक पटक निष्पक्ष छानबिन गर् सरकार त भनौ ’

बुधबार, २० चैत्र २०८१, ११ : ४८

प्रतिक्रिया