ग्रीन भेन्चर्सको संस्थापक सेयरको ‘लक इन’ अवधि सकियो

बुधबार, २० चैत्र २०८१, ११ : ५५

काठमाडौं - ग्रीन भेन्चर्स लिमिटेडको संस्थापक सेयर, स्थानीय बासिन्दा र कर्मचारीलाई बाँडफाँट गरिएको सेयरको ‘लक इन’ अवधि आज सकिएको छ ।

लक इन अवधि सकिएपछि, अब संस्थापक सेयरधनी, स्थानीय बासिन्दा र कर्मचारीले होल्ड गरेका सेयरहरू कारोबारका लागि योग्य भए। ग्रीन भेन्चर्स लिमिटेडले २०७८ सालको चैत २० गते सार्वजनिक सेयर बाँडफाँट गरेको थियो, र त्यस समयदेखि उक्त सेयरहरू तीन वर्षको लक इन अवधिमा राख्नुपर्ने व्यवस्था थियो।

कम्पनीका अनुसार, लक इनमा राखिएका २ करोड ५० लाख कित्ता संस्थापक सेयर, ३१ लाख २३ हजार २०० कित्ता स्थानीय बासिन्दाको सेयर, र ९३ हजार ७५० कित्ता कर्मचारीको सेयर अब बजारमा कारोबार गर्नका लागि उपलब्ध भएका छन्।

बुधबार, २० चैत्र २०८१, ११ : ५५

प्रतिक्रिया