आजबाट एफपीओ निष्काशन गर्दै विन नेपाल लघुवित्त

विहीबार, २१ चैत्र २०८१, १० : १२

काठमाडौं - विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले आज चैत २१ गतेदेखि एफपीओ निष्काशन गरेको छ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले जम्मा ५१ हजार २९२.५ कित्ता एफपीओ सर्वसाधारणमा निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको हो। यसमा आवेदन दिँदा घटीमा १० कित्ता र बढीमा १ हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ। 

यसमा लगानीकर्ताले चैत २६ गतेसम्म आवेदन दिन सक्नेछन्। कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेड रहेको छ।
 

विहीबार, २१ चैत्र २०८१, १० : १२

प्रतिक्रिया