सांग्रिला विकास बैंकको १ लाख २ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

विहीबार, २१ चैत्र २०८१, १० : २६

काठमाडौं - सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले विभिन्न संस्थापक सेयरधनीहरूको नाममा रहेको १ लाख २ हजार ५७४ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ।

बैंकले यी सेयर हाल बैंककै विद्यमान संस्थापक सेयरधनीहरूले मात्रै किन्न पाउने गरी बिक्रीमा राखेको हो। उक्त सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीहरूले आगामी ३५ दिन भित्र आफूले खरिद गर्न चाहेको सेयर विवरण खुलाई काठमाडौंको बालुवाटारस्थित बैंकको केन्द्रीय कार्यालयमा निवेदन दिनु पर्नेछ।

साथै, तोकिएको म्याद भित्र संस्थापक सेयरधनीहरूबाट सेयर खरिदका लागि आवेदन प्राप्त नभएमा सो सेयर सर्वसाधारणलाई बिक्री गरिने बैंकले जानकारी दिएको छ।

विहीबार, २१ चैत्र २०८१, १० : २६

प्रतिक्रिया