काठमाडौं - साताको अन्तिम कारोबार दिन नेप्से २.८१ अंकले बढेर २७०२.८६ को विन्दुमा कायम भएको हो ।
यस दिन नेप्सेमा कारोबार भएको ३२४ कम्पनीको १ करोड ५५ लाख २ हजार ९९८ कित्ता शेयर किनबेच हुँदा ७ अर्ब ८४ करोड ४६ लाख ४२ हजार रुपैयाँको कारोबार भएको छ । आज बजारमा वृद्धि आउँदा तीन उपसूचक मात्र हरियाली भएको छ ।
यस दिन ग्रिन भेन्चर्स लिमिटेडको सेयरमा सकारात्मक सर्किट लाएको छ ।
सर्वाधिक कारोबार हुने कम्पनी
यस दिन सबैभन्दा बढी हिमालयन रिइन्स्योरेन्सको सेयर सर्वाधिक कारोबार भएको छ । आज कम्पनीको ७२ करोड ३२ लाख ३८ हजार रुपैया बराबरको कारोबार भएको छ । कारोबार रकमको आधारमा दोस्रो स्थानमा रहेको नेपाल रिइन्स्योरेन्सको ५५ करोड ९९ लाख २२ हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ ।
त्यस्तै यस दिन एनआरएन इन्फ्रस्ट्रक्चरको ४२ करोड ९७ लाख ४५ हजार रुपैंया, हिमालयन पावर पार्टनरको ३४ करोड २ लाख ४९ हजार रुपैयाँ, राधी द्यिुत कम्पनीको ३२ करोड ८७ लाख २२ हजार रुपैयाँको कारोबार भएको हो ।
प्रतिक्रिया