सहमति कार्यान्वयन नहुँदा लघुवित्तपीडित फेरि सडक आन्दोलनमा

विहीबार, २१ चैत्र २०८१, १५ : ४५

काठमाडौं- सहकारी तथा लघुवित्तपीडित फेरि सडक आन्दोलनमा उत्रिएका छन् । सरकारसँग भएको सहमति कार्यान्वयन नभएपछि सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान महासंघको अनुवाइमा प्रदर्शन गरेका हुन् ।

विभिन्न जिल्लाबाट काठमाडौं आएका पीडितहरूले बिहीबार काठमाडौंको माइतीघरदेखि बानेश्वरसम्म प्रदर्शन गरेका हुन्।

समस्या समाधानका लागि विभिन्न समिति बनाएर प्रतिवेदन बुझाइसके पनि कार्यान्वयनमा समस्या देखिएको महासंघको आरोप छ ।प्रदर्शनकारीले लघुवित्त संस्था खारेज गर्नुपर्ने, सामूहिक ऋण मिनाहा गर्नुपर्ने, मिटरब्याजी तमसुक रद्द गर्नुपर्नेसहितका माग राखेका छन् ।

विहीबार, २१ चैत्र २०८१, १५ : ४५

प्रतिक्रिया