काठमाडौं - बलेफी हाइड्रोपावर लिमिटेडले हकप्रद शेयर सम्बन्धित सेयरधनीको डिम्याट खातामा जम्मा गरेको छ ।
सिर २७ देखि पुस १७ गतेसम्म १ः१ अनुपातमा निष्कासन गरेको हकप्रद शेयर सेयरधनीको डिम्याट खातामा पठाएको हो ।कम्पनीको हकप्रद शेयरको वितरण प्रक्रियामा कात्तिक २१ गते बुक क्लोज गरिएको थियो।
यस अनुसार, कात्तिक २० गतेसम्म बलेफी हाइड्रोपावरको शेयर खरिद गर्ने र आवेदन दिने सबै सेयरधनीहरूले हकप्रद शेयर प्राप्त गरेका छन्। कम्पनीका अनुसार, हकप्रद शेयर चैत १९ गते नेपाल स्टक एक्सचेन्ज ९नेप्से० र सिडिएस एण्ड क्लियरिङ लिमिटेडमा सूचीकृत भएका छन् र अहिले अभौतिक रूपमा कारोबारमा रहेका छन्।
हालसम्म पनि शेयर अभौतिकीकरण नगरेका सेयर धनीहरूले सो प्रक्रिया पूरा गरेपछि र शेयर धितो राखेर कर्जा लिएका सेयर धनीहरूले कर्जा लिएको बैंक तथा वित्तीय संस्थाबाट नो अब्जेक्सन लेटर पेस गरेपछि हकप्रद शेयर स्वतः डिम्याट खातामा पठाइने कम्पनीले जनाएको छ। कम्पनीको शेयर रजिष्ट्रार ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ।
प्रतिक्रिया