काठमाडौं - चलचित्र ‘कर्मा’ को ट्रेलर सार्वजनिक गरिएको छ । चलचित्रको उक्त ट्रेलरमा कलाकार विपिन कार्की, उपासनासिंह ठकुरी, मुकुन भुसाल, सरिता गिरीलगायत अटाएका छन् ।
‘कर्मा’ मा विपिन, उपासना मुकुन र सरितासँगै दिब्यदेब, बेन बस्नेत, सुज्यान सिलवाल, अनिल बुढाथोकी, निर्मल शर्मा लगायतको अभिनय छ । नयाँ वर्ष २०८२ को छेको पारेर चलचित्र ‘कर्मा’ आगामी चैत २९ गते रिलिज हुँदैछ । नेपाल र विदेशमा एकसाथ प्रदर्शन हुने चलचित्र निर्देशक चौधरी स्वयंले लेखेका छन् ।
‘कर्मा’ को अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार सेभेन सिज सिनेमाले लिएको छ । चलचित्रमा भास्कर स्वाँरको संगीत निर्देशन, कविराज गहतराजको कोरियोग्राफी, श्री श्रेष्ठको द्वन्द्व निर्देशन र निमेष श्रेष्ठको सम्पादन छ । आर्टिस्टिक इनटरटेनमेन्टको प्रस्तुति ‘कर्मा’ मा वसन्त लम्सालको लगानी छ ।
प्रतिक्रिया