काठमाडौं- चैत २९ गतेबाट रिलिज हुने चलचित्र ‘पिताम्बर’ ले केन्द्रीय चलचित्र जाँच समितिबाट ‘पिजी’ सर्टिफिकेट पाएको छ । आरआर फिल्मस्ले वितरण गर्ने यो चलचित्र हेर्न १६ वर्ष मुनिका बालबालिकाले आफ्नो बाबुआमाको साथमा जानुपर्नेछ ।
केपी फिल्मस् र पुरुषोत्तम प्रधान फिल्मसको व्यानरमा निर्माण भएको चलचित्रमा कृषा चौलागाईंको निर्देशन छ । चलचित्रमा प्रदीप खड्का, दयाहाङ राई, सौगात मल्ल, आर्यन सिग्देल, अनुपविक्रम शाही, सुरक्षा पन्त, गौरी मल्ल, रविन्द्र झा, प्रमोद अग्रहरि, आर्यन सिग्देल, कामेश्वर चौरासिया, टिका पहाडी, सुलभ पहाडी, सुरवीर पण्डित, विशाल पहाडी, दिव्यदेव पन्त, सुपुष्पा भट्ट, दिव्या रायमाझी, गौरव विष्ट, आशिष पुरुष, ललित विष्ट, किशोर भट्ट, विनोदकुमार पौडेल, नारायण काफ्ले र रविन्द्र भट्टराईको अभिनय छ ।
विशाल चौलागाईं निर्माता रहेको चलचित्रमा पुरुषोत्तम प्रधान, आध्य लामिछाने र आरोह चौलागाईं सह–निर्माता, सुमन गौतम कार्यकारी निर्माता, प्रदीप भारद्वाज र अभिमन्यु निरवीको पटकथा र संवाद, पुरुषोत्तम प्रधानको डीओपी, शेरबहादुर लामा र मानकृष्ण महर्जनको छायांकन रहेको छ ।
त्यस्तै, चलचित्रमा बन्दे प्रसादको सम्पादन र ट्रेलर, समिर मिया र सत्यम रानाको भीएफएक्स, आशीष अविरल र बाबुल गिरीको संगीत र हिमाल केसीको द्वन्द्व छ ।
प्रतिक्रिया