काठमाडौं - नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले कम्पनीकै विद्यमान संस्थापक सेयरधनीहरूले मात्र खरिद गर्न पाउने गरी ५ लाख २३ हजार ११२ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ।
उक्त सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीहरूले आगामी ३५ दिन भित्र काठमाडौंको कमलादीस्थित कम्पनीको केन्द्रीय कार्यालयमा निवेदन पेस गर्नु पर्नेछ।
साथै, तोकिएको म्याद भित्र विद्यमान संस्थापक सेयरधनीहरूबाट सेयर खरिदका लागि आवेदन प्राप्त नभएमा सो सेयर सर्वसाधारणलाई बिक्री गरिने कम्पनीले जनाएको छ ।
प्रतिक्रिया