राम नवमीको अवसरमा बबिनाको ‘मनमा बसाएर राम’ सार्वजनिक (भिडियो)

आइतबार, २४ चैत्र २०८१, १० : १५

काठमाडौं- भगवान रामको महत्व र विशेषता सहितको राम भजन ‘मनमा बसाएर राम’ रामनवमीको पूर्वसन्ध्यामा सार्वजनिक भएको छ ।

बबिना भट्टराई र सागर अधिकारी ‘शरद’ को सुमधुर स्वर रहेको  भजनमा संगीत बबिना भट्टराईको रहेको छ । भजनमा भगवान राम प्रतिका महिमाका शब्दहरु पनि बबिना भट्टराई आफैंले लेखेकी हुन् ।

बबिना भट्टराईको आध्यात्मिक युट्युव च्यानल श्री भजन्स् मार्फत सार्वजनिक भएको भजनको ऐरेन्ज विनोद कुमार भुजेलले गरेका छन् ।  
म्युजिक नेपालको स्टुडियोमा नकुल कार्कीले रेकर्ड गरेका उक्त सुमधुर राम भजन ‘मनमा बसाएर राम’ को मिक्सिङ र मास्टरिङ प्रकाश खरेलले गरेका छन् ।

राम भजन ‘मनमा बसाएर राम’ को भिडियोमा बबिना भट्टराई र सागर अधिकारी ‘शरद’ फिचर्ड छन् । काठमाडौको बत्तिसपुतली स्थित प्रशिद्ध राम मन्दिरमा एजे अजुको निर्देशनमा छाँयाकंन गरिएको उक्त भिडियोको कलर ग्रेडिङ तथा सम्पादन अनिल विष्ट प्युठानीले गरेका हुन् ।

भजनलाई नेपाली भजनप्रेमीहरुले मन पराउने विश्वास लिएको बताउँदै गायिका तथा संगीतकार बबिना भट्टराईले आगामी दिनहरुमा यसै च्यानल मार्फत आफ्‌ना विविधतायुक्त भजनहरु भजनप्रेमी दर्शक, श्रोताहरु माझ ल्याउने विश्वास व्यक्त गरिन् । आफ्नो नयाँ आध्यात्मिक च्यानल श्री भजन्स् लाई सब्स्‌क्राइव गरि सहयोग गरिदिन पनि उनले आग्रह गरेकी छिन् ।

भगवानप्रति पूर्ण आस्था र विश्वास राख्ने भट्टराईका स्वर तथा संगीतमा भगवान श्री कृष्ण, भगवान श्री राम, भगवान महादेव लगायतका विभिन्न भजनहरु विगतका दिनहरुमा बीणा भक्ति युट्व च्यानल मार्फत सार्वजनिक भइसकेका छन् । 

नेपाली सुगम संगीतमा पनि उनले धेरै गीत, गजलहरुमा आफ्नो स्वर दिएकी छिन् । आगामी दिनहरुमा पनि भजनद्धारा समाजमा अध्यात्म स्थापित गर्न प्रयास गर्ने उनी बताउँछिन् ।

 

आइतबार, २४ चैत्र २०८१, १० : १५

प्रतिक्रिया