काठमाडौं - गायक रामकृष्ण ढकाल र काजोल कार्कीको स्वर रहेको गीत ‘यो माया बसेर हो कि’ सार्वजनिक गरिएको छ ।
अर्जुन पोखरेलको शब्द तथा संगीत रहेको रोमान्टिक गीतमा कुशल सिंहको संगीत संयोजन छ । गीतको भिडियोमा गायक रामकृष्ण ढकाल र काजोल कार्की फिचर्ड छन् । नेपाली संगीत क्षेत्रमा सम्भावना बोकेर काजोल कार्कीको प्रवेश छ ।
सुनिल क्षेत्रीको निर्देशन रहेको भिडियोमा अवि वाग्लेको कोरियोग्राफी छ । दुर्गा पौडेलले छायाङ्कन, विकाश ज्ञवालीका सम्पादन भिडियोमा छ ।
प्रतिक्रिया