गीतकार राईको शब्दमा ‘हेलो हाई नमस्कार’ सार्वजनिक(भिडियो)

आइतबार, २४ चैत्र २०८१, १५ : १९

काठमाडौं - मेनुका राईको स्वरमा ‘हेलो हाई नमस्कार’ नामक गीत सार्वजनिक गरिएको छ । 

गीतकार चन्द्र जयपाल राईको शब्द तथा डि आर अटुको संगीतमा रहेको डान्सिङ गीत सार्वजनिक गरिएको हो । माया अनि पिरतीको भाका प्रस्तुत गर्दा गर्दै माया र प्रेमका भावहरूलाई गीतमा समेटिएको छ ।

ज्ञानेन्द्र शर्मा हुमागाईँको छायांकन, राकेश दाहालको सम्पादन तथा जस बहादुर याक्खाको निर्देशन, पुनम श्रेष्ठको कोरियोग्राफी गीतमा रहेको छ । गीतमा सोनम तामाङ र संजना गुरुङको फिचरिङ रहेको छ ।
 

 

आइतबार, २४ चैत्र २०८१, १५ : १९

प्रतिक्रिया