फिल्म ‘नरसिंहाः अवतार’ जापानमा पनि प्रदर्शन हुने

आइतबार, २४ चैत्र २०८१, १५ : ४५

काठमाडौं - फिल्म ‘नरसिंहाः अवतार’ जापानमा पनि प्रदर्शन हुने भएको छ । फिल्मको जापान अधिकार यूएनए इन्टरटेन्मेन्टले खरिद गरेसँगै त्यहाँ प्रदर्शन हुने पक्का भएको हो । 

फस्टलुक सार्वजनिक भएसँगै चर्चामा रहन सफल फिल्मको विदेश मागसमेत हुँदै आएको थियो । फिल्म विदेशका धेरै देशमा एकसाथ प्रदर्शन ल्याउने तयारी भइरहेको छ । फिल्मको निर्माण पक्षले ६० फिट लामो पोस्टर सार्वजनिक गरेपछि यसको चर्चा चुलिएको थियो । 

राजेश हमाल, नीर शाह, राज कटुवाल, प्रशान्त ताम्राकार, सरोज खनाल, नीति शाह, सनिषा भट्टराई, उषा खड्गी, दीपा शाहीलगायत कलाकारको फिल्ममा अभिनय छ । 

फिल्ममा दीपक ढकाल, नरेन्द्र महर्जन, ध्रुव न्यौपाने, नेम महर्जनको लगानी छ । यो जेठ ९ गतेबाट सार्वजनिक प्रदर्शनमा आउँदै छ । 

आइतबार, २४ चैत्र २०८१, १५ : ४५

प्रतिक्रिया