प्रि ओपन सेसनमा नेप्से सूचक १.३० अकंले घट्यो

सोमबार, २५ चैत्र २०८१, ११ : ०१

काठमाडौं - साताको दोस्रो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से सूचक १.३० अंकल घटेको छ ।

सोमबार यससँगै सूचक २७०२.०९ विन्दुमा आएको छ । ३१ लाख २१ रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ३६ कम्पनीको ५ हजार ८ सय १४ कित्ता सेयर कारोबार भएको छ ।

यो सेसनमा कुल ६९ वटा कारोबार भएको हो । १६ कम्पनीको मूल्य बढ्दा २० वटाको भाउ घटेको छ । बाँकी कम्पनीको मूल्यमा भने कुनै पनि उतारचढाव भएको छैन । 
 

सोमबार, २५ चैत्र २०८१, ११ : ०१

प्रतिक्रिया