काठमाडौं - बुटवल पावर कम्पनीले थप सार्वजनिक निष्काशन (एफपीओ) को प्रक्रिया रद्द गरेको छ ।
कम्पनीको चैत २२ गते बसेको सञ्चालक समितिको बैठकले एफपीओ निष्काशन प्रक्रिया रद्द गरी हकप्रद सेयर जारी गर्ने निर्णय गरेको हो ।
यसअघि कम्पनीले प्रिमियम मूल्यमा प्रतिकित्ता १०० रुपैयाँका दरले १ करोड कित्ता एफपीओ निष्कासन गर्नका लागि स्वीकृतिको प्रक्रियामा रहेको थियो। तर, हालको निर्णय अनुसार कम्पनीले चुक्ता पुँजीको ४० प्रतिशत हकप्रद सेयर निष्कासन गर्नेछ।
प्रतिक्रिया