काठमाडौं - अपर हेवाखोला हाइड्रोपावर कम्पनी लिमिटेडले हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव पारित गरेको छ।
कम्पनीको चैत २२ गतेको विशेष साधारण सभाले हकप्रद प्रस्ताव पारित गरेको हो । सभाले हाल कायम चुक्ता पुँजी ५० करोड रूपैयाँ बराबरको हकप्रद शेयर १ः१ को अनुपातमा निष्कासन गर्ने प्रस्ताव पारित गरेको हो।
हकप्रद निष्कासनपछि कम्पनीको अधिकृत, जारी तथा चुक्ता पुँजी बढ्ने भएकाले सोही बमोजिम कम्पनीको प्रबन्ध पत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने प्रस्ताव पनि सभाले पारित गरेको छ।
प्रतिक्रिया