विन नेपाल लघुवित्तको एफपीओमा आवेदन दिने भोलि अन्तिम दिन

सोमबार, २५ चैत्र २०८१, १२ : ५०

काठमाडौं - विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले चैत २१ गतेदेखि निष्कासन गरिरहेको एफपीओमा आवेदन दिने भोलि ९चैत २६ गते० अन्तिम दिन रहेको छ।

कम्पनीले ५१ हजार २९२।५ कित्ता एफपीओ सर्वसाधारणमा निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको हो। लगानीकर्ताले यसमा आवेदन दिँदा घटीमा १० कित्ताका लागि र बढीमा १ हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ।

कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेड रहेको छ।निष्काशन बन्द भएपश्चात धितोपत्र बाँडफाँट निर्देशिका अनुसार १० कित्ताका दरले कम्पनीको शेयर बाँडफाँट गर्दा कुल ५ हजार १२९ आवेदकले मात्र कम्पनीको शेयर प्राप्त गर्न सक्नेछन्।

कम्पनीलाई क्रेडिट रेटिङ्ग संस्था केयर रेटिङ्ग नेपालले केयर एनपी सिंगल बी इस्यूअर रेटिङ्ग दिएको छ। यसले लघुवित्तको वित्तीय दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्छ।

सोमबार, २५ चैत्र २०८१, १२ : ५०

प्रतिक्रिया