काठमाडौं - आज स्पेशल प्रि ओपन सेसनमा नेपाल माइक्रो इन्स्योरेन्सको दोस्रो बजारमा पहिलो कारोबार भएन ।
कम्पनीको आज स्पेशल प्रि ओपन सेसनमा पहिलो कारोबार हुनुपर्ने थियो। तर कारोबार म्याचिङ्ग नभएका कारण कम्पनीको पहिलो कारोबार हुन सकेन । कम्पनीको सेयर गत चैत २१ गते बिहीबार नेप्सेमा सूचीकृत भएको थियो।
अब कम्पनीको पहिलो कारोबार भोली अर्थात् मंगलबारको स्पेशल प्रि ओपन सेसनमा हुनेछ। नेप्सेले पहिलो कारोबारका लागि कम्पनीलाई १०० रुपैयाँ ८० पैसादेखि ३०२ रुपैयाँ ४० पैसासम्मको ओपनिंग रेञ्ज प्रदान गरेको थियो।
प्रतिक्रिया