नेप्सेमा ३२.४५ अंकको गिरावट, कुन कम्पनीको कति भयो कारोबार ?

सोमबार, २५ चैत्र २०८१, १५ : १६

काठमाडौं - साताको दोस्रो कारोबार दिन नेप्से  ३२.४५ अंकले घटेर २६७०.९४ को विन्दुमा कायम भएको हो ।

यस दिन नेप्सेमा कारोबार भएको ३२२ कम्पनीको १ करोड १४ हजार ८६६ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ६५ करोड ८९ लाख ७३ हजार रुपैयाँको कारोबार भएको छ । आज बजारमा गिरावट आउँदा सबै उपसूचक राताम्मै भएको छ ।

यस दिन हिमालयन पावर पार्टनर सेयर सर्वाधिक घटेको छ । कम्पनीको सेयर मूल्य प्रतिकित्ता ५.३५ प्रतिशतले घटेको छ । त्यसैगरी, सम्वृद्धि फाइनान्स कम्पनीको ४.३२ प्रतिशत, अपर हेवाखोला हाइड्रोपावरको ४.३१ प्रतिशत, श्वेतगंगा हाइड्रोपावरको ४.१२ प्रतिशतले सेयर मूल्य घटेको छ ।
share

ty

यस दिन सबैभन्दा बढी हिमालयन रिइन्स्योरेन्सको सेयर सर्वाधिक कारोबार भएको छ । आज कम्पनीको ५० करोड ३६ लाख ८ हजार रुपैया बराबरको कारोबार भएको छ । कारोबार रकमको आधारमा दोस्रो स्थानमा रहेको एनआरएन इन्फ्रास्ट्रक्चरको ४३ करोड २१ लाख ७७ हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ ।

त्यस्तै यस दिन नेपाल रिइन्स्योरेन्सको ३३ करोड १७ लाख ६८ हजार रुपैंया, राधि विद्युत कम्पनीको २८ करोड ३९ लाख १८ हजार रुपैयाँ, हिमालयन पावर पार्टनरको २१ करोड ४० लाख ६८ हजार रुपैयाँको कारोबार भएको हो ।

ugyt

 

सोमबार, २५ चैत्र २०८१, १५ : १६

प्रतिक्रिया