समता घरेलु लघुवित्तको ५ हजार ७९० कित्ता सेयर बिक्रीमा

मंगलबार, २६ चैत्र २०८१, १० : १५

काठमाडौं - समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले कम्पनीकै विद्यमान संस्थापक सेयरधनीहरूले मात्र खरिद गर्न मिल्ने गरी ५ हजार ७९० कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ।

सो सेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक सेयरधनीहरूले आगामी ३५ दिन भित्र बनेपास्थित कम्पनीको केन्द्रीय कार्यालयमा आफूले किन्न चाहेको विवरण खुलाई निवेदन दिनु पर्नेछ।

साथै, तोकिएको म्याद भित्र संस्थापक सेयरधनीबाट सो सेयर खरिदका लागि आवेदन प्राप्त नभएमा सर्वसाधारणलाई बिक्री गर्न प्रक्रिया अघि बढाइने कम्पनीले जानकारी दिएको छ।

मंगलबार, २६ चैत्र २०८१, १० : १५

प्रतिक्रिया