काठमाडौं - स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले कम्पनीकै विद्यमान संस्थापक सेयरधनीहरूले मात्रै खरिद गर्न पाउने गरी २९ हजार कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ।
उक्त सेयरको न्यूनतम बिक्री मूल्य प्रतिकित्ता ३०० रुपैयाँ तोकिएको छ। सेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक सेयरधनीहरूले आगामी ३५ दिन भित्र बनेपास्थित कम्पनीको प्रशासन विभागमा निवेदन दिनु पर्नेछ।
साथै, ताकिएको म्यादभित्र कम्पनीका संस्थापक सेयरधनचीहरूबाट आवेदन प्राप्त नभएमा सर्वसाधारणलाई बिक्री गर्न प्रक्रिया अघि बढाइने कम्पनीले जानकारी दिएको छ।
प्रतिक्रिया