काठमाडौं - एनआईसी एशिया बैंक लिमिटेडले सबैले किन्न पाउने गरी ७ लाख १४ हजार ९५० कित्ता संस्थापक सेयर लिलाम प्रक्रिया मार्फत बिक्रीमा राखेको छ।
सेयरको न्यूनतम बिक्री मूल्य प्रतिकित्ता १९० रुपैयाँ तोकिएको छ। लगानीकर्ताले खरिदका लागि आवेदन दिँदा घटीमा १ हजार कित्ता माग गर्नु पर्नेछ भने बढीमा १०० ले निःशेष भाग जाने वा सम्पूर्ण कित्ता माग गर्न सकिनेछ।
सेयर खरिद गर्न इच्छुक लगानीकर्ताले आज चैत २६ गतेदेखि वैशाख ९ गतेभित्र गोप्य शिलबन्दी बोलपत्र पेस गरिसक्नु पर्नेछ। यस्तो बोलपत्र बालुवाटारस्थित ९बिक्री प्रबन्धक० एनएमबि क्यापिटल लिमिटेडमा पाइनेछ।
उक्त अवधिमा प्राप्त शिलबन्दीहरू वैशाख १० गते बिहान १० बजे बिक्री प्रबन्धककै कार्यालयमा खोलिने बैंकले जानकारी दिएको छ।
प्रतिक्रिया