काठमाडौं - प्रि ओपनिङ सेसनमा नेपाल माइक्रो इन्स्योरेन्सको पहिलो कारोबार खुला भएको छ । कम्पनीको पहिलो कारोबार प्रतिकित्ता ३०२।३० रुपैयाँमा खुला भएको हो ।
कम्पनीको सेयर कारोबारका लागि नेप्सेले न्यूनतम १००.८० रुपैयाँदेखि ३०२.४० रुपैयाँको ओपनिङ रेन्ज तोकेको थियो। उक्त रेन्जको अधिकतम विन्दुमा कारोबार खुला भएको हो।
कम्पनीले बिहीबार कुल ७५ लाख कित्ता सेयर नेप्सेमा सूचीकृत गरेको थियो। यसमध्ये सर्वसाधारण समूहको २२ लाख ५० हजार कित्ता र संस्थापक समूहको ५२ लाख ५० हजार कित्ता समावेश गरिएको छ।
प्रतिक्रिया