चलचित्र ‘अञ्जिला’को नयाँ गीत ‘यो देशको झण्डा’ सार्वजनिक(भिडियो)

मंगलबार, २६ चैत्र २०८१, ११ : ४६

काठमाडौं - लोकराज अधिकारीको शब्दमा रहेको चलचित्र ‘अञ्जिला’को नयाँ गीत ‘यो देशको झण्डा’ सार्वजनिक गरिएको छ । 

गीतमा हरि लम्सालले संगीत दिएका छन् ।  गायिका बबिना किराँतीको स्वरमा रहेको गीत निकै ऊर्जाशील र प्रेरणादायी छ । नेपाली महिला राष्ट्रिय फुटबल टिमकी कप्तान एन्जिला तुम्बापो सुब्बाको जीवनीमा निर्माण भएको चलचित्रमा उनको संघर्ष र सफलताको कथा छ । चलचित्रका निर्माता  प्रेमकुमार श्रेष्ठ हुन् । 

चलचित्रमा एन्जिलाकै मुख्य भूमिका छ । उनको अलावा  प्रेमकुमार श्रेष्ठ, सुनिल थापा, दयाहाङ राई, विजय बराल, सिर्जना सुब्बा, माओत्से गुरुङ, सुमीन गुरुङ, बुद्धि तामाङ लगायतका कलाकारको अभिनय देख्न सकिन्छ । 


 

मंगलबार, २६ चैत्र २०८१, ११ : ४६

प्रतिक्रिया