मातृभूमि लघुवित्तले बोलायो वार्षिक साधारण सभा

मंगलबार, २६ चैत्र २०८१, १२ : ०४

काठमाडौं - मातृभूमि लघुवित्तको वार्षिक साधारण सभा वैशाख २ गते बस्दैछ। कम्पनीको साधारण सभा काठमाडौंको बुढानिलकण्ठस्थित अमुप्रस्थ ब्यांक्वेट, एन्ड इभेन्ट्समा बिहान ११ बिहान बजे सुरु हुनेछ ।

कम्पनीले यसपटक सेयरधनीको हात खाली पानेछ । सभामा थप सार्वजनिक निष्कासन (एफपीओ) निष्कासन गर्ने विशेष प्रस्ताव पनि पेश हुनेछ । यस्तै, अन्य बैंक–वित्तीय संस्थासँग मर्जर अथवा एक्विजिशनसम्बन्धी कार्य गर्न र प्रबन्ध पत्र एवं नियमावली संशोधनका लागि सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि रहेको छ ।

साथै, आर्थिक वर्ष २०८०\८१ को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल हुनेछ । आर्थिक वर्ष २०८१\८२ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डा पनि राखिएको छ । 

सभा प्रयोजनार्थ कम्पनीले चैत २२ गते बुक क्लोज गरिसकेको छ । यसर्थ, चैत २१ गतेसम्म कायम रहेका सेयरधनीले मात्र सभामा भाग लिन सक्नेछन् ।
 

मंगलबार, २६ चैत्र २०८१, १२ : ०४

प्रतिक्रिया