काठमाडौं - दोर्दी खोला जलविद्युत कम्पनीले १०० प्रतिशत हकप्रद सेयरको लागि आवेदन दिने म्याद वैशाख ८ गतेसम्म तोकेको छ। कम्पनीले चैत १९ गते मंगलबारदेखि हकप्रद सेयरको आवेदन प्रक्रिया सुरु गरेको थियो।
कम्पनीले १ः१ अनुपातमा १ करोड ५ लाख ४२ हजार ६ सय ४ कित्ता हकप्रद सेयर जारी गरेको हो। यसले १ सय रुपैयाँ अंकित मूल्यमा १ अर्ब ५ करोड ४२ लाख ६० हजार ४ सय रुपैयाँ बराबरको सेयर निष्कासन गरेको छ।
फागुन १५ गते बुक क्लोज गरिसकेको यस सेयरको दाबी फागुन १४ गतेसम्म कायम लगानीकर्ताले गर्न सक्नेछन्। आवेदन दिनका लागि सानिमा क्यापिटलले बिक्री प्रबन्धकको भूमिका निर्वाह गरेको छ, र यसका लागि नक्साल स्थित सानिमा क्यापिटल तथा सानिमा बैंकका तोकिएका शाखाहरूबाट आवेदन दिन सकिनेछ। साथै, धितोपत्र बोर्डबाट आस्वा प्राप्त बैंक र वित्तीय संस्थाहरू र मेरो सेयरमार्फत पनि आवेदन दिने सुविधा उपलब्ध छ।
प्रतिक्रिया