काठमाडौं - क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडको आईपीओ सेयरधनीहरुको हितग्राही खातामा जम्मा भएको छ ।
कम्पनीले फागुन २२ गतेदेखि २६ गतेसम्म सर्वसाधारणका लागि जारी गरेको आईपीओ सम्बन्धित सेयरधनीहरूको हितग्राही खातामा आईपीओ जम्मा गरिएको हो ।
कम्पनीले चैत ५ गते आईपीओ बाँडफाँट गरेको थियो । हितग्राही खातामा जम्मा भएको आईपीओ धितोपत्र दोस्रो बजारमा भने सूचीकृत भैसकेको छैन् । नेप्सेमा समेत सूचीकरणका लागि अन्तिम तयारी भैसकेको भनाई कम्पनीको छ ।
प्रतिक्रिया