काठमाडौं - साताको तेस्रो कारोबार दिन नेप्स १.७३ अंकले बढेर २६७१.८० को विन्दुमा कायम भएको हो ।
यस दिन नेप्सेमा कारोबार भएको ३२१ कम्पनीको १ करोड ६ लाख ४३ हजार ४६९ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ३० करोड ९५ लाख ६८ हजार रुपैयाँको कारोबार भएको छ । आज बजारमा सुधार आउँदा ६ उपसूचक मात्र हरियाली भएको छ ।
यस दिन बोटलर्स नेपाल (बालाजु), विन नेपाल लघुवित्त र नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीको सेयरमा सकारात्मक सर्किट लाएको छ । त्यसैगरी, गुराँस लघुवित्त, मैलुङ्ग खोला जलविद्युत कम्पनी, न्यादी हाइड्रोपावर, युनाइटेड मोदी हाइड्रोपावर, समता घरेलु लघुवित्त लगायतका कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।
यस दिन सबैभन्दा बढी एनआरएन इन्फ्रास्ट्रक्चरको सेयर सर्वाधिक कारोबार भएको छ । आज कम्पनीको ५९ करोड १४ लाख ४२ हजार रुपैया बराबरको कारोबार भएको छ । कारोबार रकमको आधारमा दोस्रो स्थानमा रहेको हिमालयन रिइन्स्योरेन्सको ४० करोड ६५ लाख ८२ हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ ।
त्यस्तै, यस दिन नेपाल रिइन्स्योरेन्सको २३ करोड १३ लाख ३ हजार रुपैंया, युनाइटेड मोदी हाइड्रोपावरको २१ करोड ५० लाख ६५ हजार रुपैयाँ, राधी विद्युत कम्पनीको १८ करोड ३ लाख २८ हजार रुपैयाँको कारोबार भएको हो ।
प्रतिक्रिया