मेरो माइक्रोफाइनान्सको  संस्थापक शेयर सर्वसाधारणमा परिणत

मंगलबार, २६ चैत्र २०८१, १७ : ०५

काठमाडौं - मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको ११ लाख ९१ हजार ९६० कित्ता संस्थापक शेयर सर्वसाधारणमा परिणत गरिएको  छ ।

संस्थाको संस्थापक र सर्वसाधारणको शेयर संरचना परिवर्तित गर्न संस्थापक शेयर सर्वसाधारणमा परिणत गरिएको संस्थाले जनाएको छ। नेप्सेका अनुसार हाल संस्थाको कुल १ करोड ४१ लाख ९० हजार कित्ता शेयर सूचीकृत रहेको छ। 

शेयर संरचना परिवर्तितपछि संस्थापक समूहको ७२ लाख ३६ हजार ९०० कित्ता (५१ प्रतिशत) र सर्वसाधारणको ६९ लाख ५३ हजार १०० कित्ता (४९ प्रतिशत) कायम भएको छ।

मंगलबार, २६ चैत्र २०८१, १७ : ०५

प्रतिक्रिया