नेप्सेमा समता घरेलु लघुवित्तको बोनस सेयर सूचीकृत

मंगलबार, २६ चैत्र २०८१, १७ : ०७

काठमाडौं - नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा एक कम्पनीको बोनस सेयर सूचीकृत भएको छ 

नेप्सेमा समता घरेलु लघुवित्तको ५ प्रतिशत बोनस बापतको २ लाख ९९ हजार ५४८.३६ कित्ता बोनस सेयर सूचीकृत भएको हो । सूचीकृतपश्चात् उक्त कम्पनीको शेयर सम्बन्धित शेयरधनीहरुको हितग्राही खातामा जम्मा भएपछि धितोपत्र दोस्रो बजारमा कारोबार गर्न पाउनेछ ।

 

मंगलबार, २६ चैत्र २०८१, १७ : ०७

प्रतिक्रिया