पियोर इनर्जीको आइपीओमा आजदेखि आवेदन दिन सकिने

विहीबार, २८ चैत्र २०८१, ०९ : ४९

काठमाडौं - पियोर इनर्जी लिमिटेडले आज चैत २८ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन गरेको छ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ११ लाख ९५ हजार २०० कित्ता शेयर सार्वजनिक निष्काशन गरेको हो। यसमा सर्वसाधारणले न्यूनतम १० कित्ता र अधिकतम १ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन्। 

आईपीओ निष्काशन वैशाख २ गतेसम्म खुला रहनेछ भने आवश्यकता अनुसार वैशाख ११ गतेसम्म आवेदन दिन सकिनेछ।आईपीओ निष्काशनका लागि केयर रेटिङ नेपालले ‘CARE NP Double B Plus’ इस्यूअर रेटिङ प्रदान गरेको छ, जसले औसत जोखिम रहेको संकेत गर्छ। 

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ। लगानीकर्ताहरूले सि-आस्बा प्रणाली मार्फत मेरो शेयर तथा बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सक्नेछन्।
 

विहीबार, २८ चैत्र २०८१, ०९ : ४९

प्रतिक्रिया