कतिमा खुल्यो क्रेष्ट माइक्रो लाइफको पहिलो कारोबार ?

विहीबार, २८ चैत्र २०८१, ११ : १०

काठमाडौं - प्रि ओपनिङ सेसनमा क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सको  पहिलो कारोबार खुला भएको छ । कम्पनीको पहिलो कारोबार प्रतिकित्ता ३०२.५० रुपैयाँमा खुला भएको हो ।

कम्पनीको सेयर कारोबारका लागि नेप्सेले न्यूनतम  १००.८६ रुपैयाँ देखि ३०२.५८  रुपैयाँको ओपनिङ रेन्ज तोकेको थियो। सोही रेञ्जका आधारमा यस दिन स्पेसल प्रि ओपन सेसनमा कम्पनीको शेयर कारोबार भएको हो। कम्पनकिो शेयर सीआरईएसटीबाट कारोबार भएको छ ।

कम्पनीले चैत २७ गते, बुधबार सर्वसाधारण समूहको २२ लाख ५० हजार कित्ता र संस्थापक शेयरधनीहरुको ५२ लाख ५० हजार कित्ता सेयर नेप्सेमा सूचीकृत गरेको थियो। 
 

विहीबार, २८ चैत्र २०८१, ११ : १०

प्रतिक्रिया