नेप्सेमा ८.६० अंकको गिरावट, कुन कम्पनीको कति भयो कारोबार ?

विहीबार, २८ चैत्र २०८१, १५ : १०

काठमाडौं - साताको अन्तिम कारोबार दिन नेप्से ८.६० अंकले घटेर २६६७.६८ को विन्दुमा कायम भएको हो ।

यस दिन नेप्सेमा कारोबार भएको ३२१ कम्पनीको १ करोड १३ लाख ८४ हजार ७२५ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ६३ करोड ७९ लाख ८१ हजार रुपैयाँको कारोबार भएको छ । आज बजारमा गिरावट आउँदा दश उपसूचक राताम्मै भएको छ । 

यस दिन नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी र क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्को सेयरमा सकारात्मक सर्किट लाएको छ ।

1)

2

यस दिन सबैभन्दा बढी राधी विद्युत कम्पनीको सेयर सर्वाधिक कारोबार भएको छ । आज कम्पनीको ३५ करोड ९४ लाख ७१ हजार रुपैया बराबरको कारोबार भएको छ । कारोबार रकमको आधारमा दोस्रो स्थानमा रहेको एनआरएन इन्फ्रास्ट्रक्चरको ३५ करोड २९ लाख १८ हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ ।

त्यस्तै यस दिन हिमालयन रिइन्स्योरेन्सको ३० करोड ५० लाख ४५ हजार रुपैंया, सिइडिबी होल्डिङको २९ करोड २२ लाख ४६ हजार रुपैयाँ, ङादी ग्रुप पावरको २६ करोड ५६ लाख रुपैयाँको कारोबार भएको हो ।

3

विहीबार, २८ चैत्र २०८१, १५ : १०

प्रतिक्रिया