काठमाडौं- साताभर नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा ६ वटा कम्पनीहरूको बोनस सेयर सूचीकृत भएको छ। ५ वटा कम्पनीको बोनस सेयर र १ कम्पनीको आईपीओ सूचीकृत भएको हो ।
सोमबार ४ वटा कम्पनीहरूको बोनस सेयर नेप्सेमा सूचीकृत भयो। जसमा राधी विद्युत कम्पनी र कालिका लघुवित्तको सूचीकृत भएको छ।
राधीको ४.७५ प्रतिशत बोनस सेयर बापतको ८ लाख ३३ हजार ९०४.७० कित्ता र कालिकाको ९.५० प्रतिशत बोनस शेयर बापतको ३ लाख ५३ हजार ७०५.६५२५ कित्ता रहेको छ ।
सोमबार नै जीवन विकास लघुवित्तको १४ प्रतिशत बोनस शेयर बापत १८ लाख ८६ हजार ५२६ कित्ता र नागरिक लगानी कोषको ७ प्रतिशत बोनस बापतको ४२ लाख ४० हजार ३७२ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको छ ।
मंगलबार समता घरेलु लघुवित्त वित्तीय संस्थाको ५ प्रतिशत बोनस शेयर बापत २ लाख ९९ हजार ५४८ कित्ता बोनस शेयर सूचीकृत भएको थियो। बुधबार क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सको ७५ लाख कित्ता आईपीओ नेप्सेमा सूचीकृत भएर बिहीबारदेखि दोस्रो बजारमा कारोबारमा आइसकेको छ।
प्रतिक्रिया