यस साता ३२.६९ अंकले घट्यो नेप्से, कुन दिनको कारोबार कति ?

शनिबार, ३० चैत्र २०८१, ११ : ४८

काठमाडौं - यस साता नेप्से परिसूचक १.२२ प्रतिशत अर्थात् ३२.६९ अंकले घटेर २६७०.०७ विन्दुमा पुगेको छ। गत साता  २७०३.३९ विन्दुमा बन्द भएको नेप्से यो साता ३२.६९ अंकले घटेर २६७०.०७ विन्दु पुगेको हो । 

चार दिन कारोबार खुलेको यस साता एकदिन घटेको नेप्से परिसूचक तीन कारोबार दिन भने घटेको थियो भने एक कारोबार दिन भने बढेको थियो। साताको पहिलो दिन राम नवमीको सार्वजनिक बिदा परेकाले सेयर बजारमा कारोबार भएन ।

साताको दोस्रो कारोबार दिन नेप्से  ३२.४५ अंकले घटेर २६७०.९४ को विन्दुमा कायम भएको थियो । त् यस दिन नेप्सेमा कारोबार भएको ३२२ कम्पनीको १ करोड १४ हजार ८६६ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ६५ करोड ८९ लाख ७३ हजार रुपैयाँको कारोबार भएको थियो  ।

साताको तेस्रो कारोबार दिन नेप्स १.७३ अंकले बढेर २६७१.८० को विन्दुमा कायम भएको थियो । त्यस दिन  नेप्सेमा कारोबार भएको ३२१ कम्पनीको १ करोड ६ लाख ४३ हजार ४६९ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ३० करोड ९५ लाख ६८ हजार रुपैयाँको कारोबार भएको थियो । 

साताको चौथो कारोबार दिन नेप्से १३.९० अंकले बढेर २६८०.५२ को विन्दुमा कायम भएको थियो । त्यस दिन नेप्सेमा कारोबार भएको ३१७ कम्पनीको १ करोड ७३ हजार ८२२ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ४८ करोड ४६ लाख १९ हजार रुपैयाँको कारोबार भएको थियो । 

साताको अन्तिम कारोबार दिन नेप्से ८.६० अंकले घटेर २६६७.६८ को विन्दुमा कायम भएको थियो  । त्यस दिन नेप्सेमा कारोबार भएको ३२१ कम्पनीको १ करोड १३ लाख ८४ हजार ७२५ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ६३ करोड ७९ लाख ८१ हजार रुपैयाँको कारोबार भएको थियो ।

यस सातामा २ लाख ३ हजार ९३० पटक सेयर किनबेच हुँदा दैनिक औसतमा ५० हजार ९८३ पटक सेयर किनबेच भयो ।

शनिबार, ३० चैत्र २०८१, ११ : ४८

प्रतिक्रिया