टेलिश्रृखला ‘रहरहरू’ को प्रोमो सार्वजनिक, वैशाख ५ देखि नियमित प्रसारण हुने

शनिबार, ३० चैत्र २०८१, ११ : ५२

काठमाडौं - गासबाँस कपासको लागि रुमलिएका निम्न वर्गीय परिवारकोे कथा समेटीएको टेलिश्रृखला ‘रहरहरू’ को प्रोमो सार्वजनिक भएको छ ।

मालिका मिडिया एण्ड रिसर्च प्रा.लि द्वारा उत्पादन भएको यस टेलिश्रृखलामा बिशेषगरी गाउँदेखि सहर छिरेका आम मानिसको कथा समेटीएको छ । यस टेलिश्रृखलालाई लेखन तथा निर्देशक मुकेश हमाल र अमृत काउचा दईजना मिलेर गरिरहेका छन् । 

गाउँबाट सहर मानिसहरू विभिन्न अवसरको खोजीमा आउने गर्दछन् तर भनेजस्तो काम पनि पाउँदैन र काम पाईहाले पनि समयमा तलब नपाउने अझ यस श्रृखलामा मजदुरहरुको कथालाई प्राथमिकतामा राखिएको हुँदा कहिलेकाहीँ धेरै रहरहरूले गर्दा कहर पनि निम्त्याउँछ भन्ने सन्देश दिन खोजिएको छ ।

यस टेलिश्रृखलाका लेखक तथा निर्देशक मुकेस हमाल पछिल्लो समय चर्चित टेलिसिरियल सकस,उल्टो सुल्टो,मेरीबासैमा अभिनय गर्दै आएका छन् ।सिन्धुली घर भई काठमाडौंमा बसेर संघ्रस गर्दै सर्वनाम नाटक घरमा वि.सं. २०७४ मा नाट्य अभिनय सिकेका हमालको अभिनय पछिल्लो समय धेरैले रुचाउँदै आका छन् ।

त्यसैगरी यस टेलिश्रृखलाका अर्का लेखक तथा निर्देशक अमृत काउचा पनि सर्वनाम नाटक घरमै विसं२०७३ मा नाट् अभिनय सिकेर नै यस क्षेत्रमा लागेको बताउँछन् । रुपन्देहीको कञ्चन गाउँपालिका घर भई उनी पनि पछिल्लो समय फिल्ममा समेत अभिनय गरिरहेका छन् भने आफैले पनि दर्जन भन्दा बढी लघु चलचित्र बनाई सकेका छन् ।

करिब ३० मिनेटको यस टेलिश्रृखलामा कलाकारहरू मुकेश हमाल,भूमिका थारु,अमृत काउचा,बिकाश घलान,धिरज थापा मगर,सुदिश थापा मगर,नरेन भट्टराई,दिपक फुयाल र दीक्षा ठकुरी रहेका छन् ।

मालिका मिडिया एण्ड रिसर्च प्रा.लि द्वारा उत्पादन भएको यो टेलिश्रृखला वैशाख ५ गत्ते,शुक्रवार साँझ ६:१५ बजे बाट मुकेश हमाल अफिसियल युटुयुव च्यानलमार्फत प्रसारण हुने भएको छ ।
 

 

शनिबार, ३० चैत्र २०८१, ११ : ५२

प्रतिक्रिया