यस्तो छ फिल्म  ‘के घर के डेरा : घर नं २’ को टिजर

शनिबार, ३० चैत्र २०८१, १३ : ५६

काठमाडौं - फिल्म ‘के घर के डेरा : घर नं २’ को टिजर सार्वजनिक गरिएको छ ।टिजरमा फिल्मका मुख्य कलाकार खगेन्द्र लामिछाने लगायतले अटाएका छन् । 

टिजरमा आम नेपाली निम्न बर्गीय परिवारले भोग्ने समस्यालाई समेटिएको छ । आफ्नो दुःख अरूलाई सुनाएर मन हलुंगो बनाएको दृश्य टिजरमा छ । ‘के घर के डेरा: घर नं २’ जेठ २ बाट सार्वजनिक रिलिज हुँदैछ । 

फिल्ममा खगेन्द्रसँगै निश्चल बस्नेत, उपासना सिंह ठकुरी, आर्यन सिग्देल, केकी अधिकारी, प्रकाश घिमिरे, श्रृजना नापित, संजोग रसाइली, रुविना घिमिरे, सुरज विष्टलगायत कलाकारको अभिनय छ ।
 
फिल्म एप्पल इन्टरटेन्मेन्ट, ए प्लस इन्टरटेन्मेन्ट तथा नटराज क्रिएसनको प्रस्तुतिमा निर्माण भएको हो । फिल्मको कथा  ‘कर्णाली ब्लुज’, ‘एक्लो’ र ‘फिरफिरे’ उपन्यासका लेखक बुद्धि सागरले लेखेका छन् । 

कृष्णबहादुर थापाको छायांकन रहेको फिल्मका निर्मातामा नकिमउद्दिन, शरद श्रेष्ठ र किरण महर्जन हुन् । फिल्मको कार्यकारी निर्माता युवराज कार्की रहेका छन् ।

 

शनिबार, ३० चैत्र २०८१, १३ : ५६

प्रतिक्रिया