कांग्रेसबाहेक अरू दलको अर्थनीति नै छैन : मन्त्री पौडेल

शनिबार, ३० चैत्र २०८१, १६ : २०

काठमाडौं– स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले नेपाली कांग्रेसबाहेक अन्य राजनीतिक दलहरुको अर्थनीति नरहेको बताएका छन् ।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले आजको नेपालको अर्थतन्त्रको उदारीकरण नेपाली कांग्रेसले गरेको दाबी गरे ।

उनले नेपाली कांग्रेसबाहेक नेपालमा अरू राजनीतिक दलहरूले मेरो अर्थनीति यो हो भनेर भन्न नसकेको जिकिर गरे। उनले कांग्रेसको अर्थनीतिमै अरू राजनीतिक दलहरू हिँडिरहेको बताए । उनले सामाजिक उत्तरदायित्वअन्तर्गत नेपालमा धेरै कामहरू भएको बताए ।

 
शनिबार, ३० चैत्र २०८१, १६ : २०

प्रतिक्रिया