काठमाडौं - गोदावरी स्टिल लिमिटेडले आईपीओ प्रस्ताव सहित १०औं वार्षिक साधारणसभा बोलाएको छ।कम्पनीको सभा ग्वार्कोस्थित कम्पनीको मुख्य कार्यालयमा दिउँसो १ बजेदेखि शुरू हुनेछ।
पब्लिक कम्पनी भएपछिको यो पहिलो सभाले साधारण शेयर निष्कासन (आईपीओ) र शेयरको मूल्य निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ। साथै, गत आवको वित्तीय विवरणहरू पारित गरी चालू आवको लागि लेखापरीक्षक नियुक्त गर्ने र प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने लगायतका प्रस्ताव सभाले पारित गर्नेछ।
प्रतिक्रिया