काठमाडौं - साताको पहिलो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से सूचक २.३० अंकले बढेको छ ।
यससँगै सूचक २६७३.०१ विन्दुमा आएको छ । आइतबार ४६ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ३८ कम्पनीको ८ हजार १८० कित्ता सेयर कारोबार भएको छ ।
यो सेसनमा कुल ८० वटा कारोबार भएको हो । १६ कम्पनीको मूल्य बढेको छ भने २१ वटाको मूल्य घटेको छ । बाँकी एक कम्पनीको भाउमा कुनै परिवर्तन भएको छैन ।
प्रतिक्रिया